अवैध मदिरा नष्ट



जनकपुरधाम : प्रहरीले धनुषाको लक्ष्मिनिया ४ सपहीबाट मा अवैध घरेलु मदिरा नष्ट गरेको छ। मंगलबार लक्ष्मिनिया अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले सपहीमा रहेको अवैध रुपमा संचालित मदिरा उत्पादन केन्द्रमा छापामारी ८ सय लिटर मदिरा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार गोप्य सुचनाको आधारमा सपही निवासी थापा भन्ने जोगिन्द्र ठाकुर बरहीले संचालन गर्दै आएको अवैध मदिरा भट्टीमा प्रहरी टोलीले छापामारी मदिरा नियन्त्रणमा लिइ स्थानीयको रोहबरमा नष्ट गरेको छ।

साथै बरामद गरिएका मदिरा बनाउने सिलवरका भाँडा, प्लास्टिकको ड्रम लगायतका सामाग्री इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र आवश्यक अनुसन्धान जारी रहेको जिप्रका धनुषाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्