बारा र पर्सामा फेरि हावाहुरीसहित असिनापानी, पीडितकाे विचल्ली



वीरगन्ज : बारा र पर्सामा आज साँझ फेरी ठूलो हावाहुरी चलेको छ । हावाहुरीले कतिपय स्थानमा घरको छानाहरू समेत उडाएको हाम्रा सम्वाददाताले जनाएका छन् । 

यसअघि आएको विनाशकारी आँधीमा परी प्रभावित भएकाहरू आजको हावाहुरीले झनै समस्यामा परेका छन् ।

अहिले पनि हावाहुरी चलिरहेको छ भने असिनासहितको वर्षा भइरहेको छ । 

उता जनकपुर र आसपासका क्षेत्रमा पनि ठूलो हावाहुरी चलेको धनुषास्थित हाम्रा सम्वाददाताले जनाएका छन् । साँझ चलेकाे हावाहुरीका कारण बिद्युत आपूर्ति बन्द भएको छ भने सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्