संयोजक भण्डारी भन्छन् : महाधिवेशन आन्दोलनको तयारी हो



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आन्तरिक एवं बाह्य सबै चुनौतिलाई चिर्दै महाधिवेशनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार जनकपुरधाममा नेता तथा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा संयोजक भण्डारीले आउँदो महाधिवेशनले ६ पार्टी मिलेर बनेको राजपाले एकताको नयाँ सन्देश दिने बताए।

उनले महाधिवेशनलाई महाधिवेशनको रुपमा मात्रै नलिई आन्दोलनको तयारीको रुपमा लिन कार्यकर्तालाई निर्देशन दिए। महाधिवेशनपछि राजपाले रेशम चौधरी, संविधान संशोधन र सरकारका गतिविधिविरुद्ध कडा आन्दोलन गर्ने उनले बताए।

संयोजक भण्डारीले संघीय सरकारले दुई तिहाईको दम्भमा हरेक निकायमा मनोमानी गरेकाले त्यसविरुद्ध सडक र संसद दुवैमा संघर्ष गर्ने चेतावनी दिए। 

प्रतिक्रिया दिनुहोस्