जुवाखालबाट एक लाखसहित आठ जुवाडे पक्राउ



सुर्खेत : सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट रु एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट गए राति आठ जनालाई जुवाखालबाट पक्राउ गरेको हो ।

उनीहरुबाट दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित रु एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी