यस्ताे छ आजकाे राशीफल



आज मिति २०७६ साल बैशाख ४ गते त्रयोदशी तिथि बुधबार ।

मेष

संघर्ष गरेर मात्र लक्ष्यमा पुग्न सकिनेछ । काममा प्रतिश्पर्धीहरु निस्कने छन् । अधुरा काम सम्पादन हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । खानपानमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्न सक्छ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

वृष

काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

मिथुन

अनावस्यक कुराले मनलाई पिरोल्नेछ । पारिवारिक खर्च अधिक बढेर जानेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।

कर्कट

समय सामान्य अनुकुल देखिन्छ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।

सिंह

बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो-याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

कन्या

गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।

तुला

समय प्रतिकुल देखिन्छ । अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।

वृश्चिक

दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।

धनु

समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

मकर

समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।

कुम्भ

दिन प्रतिकुल देखिन्छ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । परिश्रमको प्रतिफल कम मिल्नेछ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

मिन

काममा सरलता आउनेछ । विवादको अन्त्य हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिने छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । विदेश यात्राको योग देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्