मेयर छाेरालाई मन्त्रीकाे २४ कराेड बजेट



जनकपुर : शिक्षा र स्वास्थ्यकाे बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशाेर साहले छाेरा मेयर रहेकाे नगारपािलकालाई २४ कराेड रुपैँया फुटकर याेजनामा विनियाेजन  गरेका छन् ।

आर्थिक वर्षकाे अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यकाे खर्च गर्न विनयाेजन गरिएकाे ७० कराेड रुपैँया फुटकर याेजनामा रकमान्तर गरेकाे हाे । सप्तरीकाे हनुमाननगर नगरपालिकामा मात्रै २४ कराेड रुपैँया फुटकर विनियाेजन गरिएकाे छ ।

हनुमान नगरपालिकाका मेयर शैलेसकुमार साह मन्त्री नवलकिशाेरका जेठा छाेरा हुन् । राष्टिय जनता पार्टीबाट बाबुछाेराले चुनाव जितेका हुन् । याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे कान्तिपुर दैनिक हेर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्