७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे



काठमाडाैं : सरकारले एनसेललाई पुँजीगत लाभकर कर तिर्न भनेकाे छ। ठूला करदाता कार्यालयले बाेलाएरै एनसेललाइ पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर तिर्न भनेकाे हाे।

सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको हप्ता दिनपछि ठूला करदाता कर कार्यालयले यसरी बाेलाएकाे हाे। उसले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको छ।

साथै समयसीमा एक हप्ता ताेकेकाे छ। सर्वाेच्चकाे फैसलामा एनसेल खरिद बिक्री भएको मूल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर थियाे। याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे नागरिक दैनिक हेर्नृहाेला । 

प्रतिक्रिया दिनुहोस्