पन्जावले राजस्थानलाई हरायाे



किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ। चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार पन्जाबले राजस्थानलाई १२ रनले हराएको हो ।

घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो। राजस्थानका राहुल त्रिपाठीले ५० रन अर्धशतकिय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए ।

त्यस्तै राजस्थानका संजु सामसनले २७,अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए। पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए। यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्