प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज, न्यायाधीशको भोलि



काठमाडौंः निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज बुधबार हुने भएको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ भोलि बिहीबार हुनेछ ।

संवैधानिक परिषद्को चैत्र ११ गते बसेको बैठकले थपलिया र समावेशी आयोगको सदस्यका लागि विष्णुमाया ओझाको नाम प्रस्ताव गरेको थियो । त्यसको केही दिनपछि परिषद्ले नै न्यायाधीशका लागि नाम प्रस्ताव गरेको थियो । ओझाको सुनुवाइ पनि बुधबार नै हुनेछ ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सुनुवाइसम्बन्धी कार्यतालिका बनाएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो । मंगलबारको बैठकमा उजुरी खोलेर संसदीय सुनुवाइ समितिका सदस्यलाई वितरण गरिएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्