नख्खु बम काण्डका मुख्य योजनाकार कठायत पक्राउ



काठमाडौं : ललितपुरको एनसेनको मुख्यालय नख्खुमा भएको बम विस्फोटन घटनाका मुख्य योजनाकार वीरबहादुर कठायत पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका कठायत जुम्लाका नेकपा विप्लव समुहका उच्चस्तरीय नेता हुन् ।

गत फागुन १० गते बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । उक्त बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेकोे छ । प्रहरीका अनुसार अन्य २ जना भने अझैं फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्