दशैँतिहारमा राराताल घुम्न आउनेको घुँइचो



मुगु : कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । “विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।”

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिनुभयो । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौै, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए । “प्राय पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्”, उनले भने, “त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।”

बिदामा रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताए । “रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ”, उनले भने, “विगतभन्दा यो वर्ष दशैँतिहार बिदामा रारा आउनेको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा