इन्धन खपत २१ प्रतिशतले बढ्यो



मुलुकमा सवारीसाधनको बढ्दो प्रयोगसँगै पेट्रोलियम पदार्थको आयात पनि वढेको छ। विकास निर्माणका काम तिब्र गतिमा भइरहेकाले पनि इन्धनको खपत बढ्दै गएको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

उपत्यकामा मात्र ११ लाख सवारी साधन गुड्छन्। नेपाल आयल निगमका अनुसार गत वर्षको तुलनामा यो वर्ष इन्धन खपत २१ प्रतिशतले बढेको छ। गत आवमा २६ लाख ६९ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस्