स्थानीय तहमा कर्मचारी समायोजनको मार



काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ती कर्मचारी समायोजनपछि अहिले गाउँपालिकामा कर्मचारी अभाव भएको छ ।

कर्मचारी समायोजनले स्थानीय तहमा अपुग कर्मचारी पदपूर्ति गर्नुपर्ने थियो । तर, भएका कर्मचारी पनि संघमै समायोजन भएपछि अहिले स्थानीय तहमा अपुग कर्मचारीको संख्या झनै बढेको छ । समायोजनमा कर्मचारीले दुर्गम स्थान छाडेका छन् । सुगम रोजेर उनीहरू अन्यन्त्र जाँदा दुर्गमका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव भएका छन् । किस्पाङ गाउँपालिकाको यो सन्दर्भ यसको एउटा नमुना मात्र हो ।

प्रतिक्रिया दिनुहोस्