प्रतिबन्धित इराकमा २० हजार नेपाली, झेल्दै अनेक समस्या



काठमाडाैंः सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार हाराहारी नेपाली कामदार छन्। अवैध बाटो हुँदै इराक पुगेका नेपाली कामदारले अनेक खाले समस्या झेल्नुपरेको त्यहाँस्थित नेपाली कामदारका संगठनहरूले जनाएका छन्।

नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको उनीहरूले बताएका छन्। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्। रोजगारीका लागि इराक पुगेका १२ जनाको २०६१ भदौमा हत्या भएलगत्तै सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो।

२०६७ साउन १२ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि प्रतिबन्ध कायम गरिएको थियो। प्रतिबन्ध लगाइए पनि हजारौं नेपाली महिला मानव तस्करको भर परेर भारतको बाटो हुँदै इराक पुगेका छन्।

गत माघ १६ मा मात्रै भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट १४७ महिलासहित एक सय ७९ नेपालीलाई उद्धार गरेर घर पठाएको थियो । उद्धार गरिएकामध्ये ५७ जनाको गन्तव्य इराक देखिएको थियो, जसमा ४१ महिला थिए।

प्रतिक्रिया दिनुहोस्