अधिकांशले दाँत माझ्न नजानेकाे खुलासा, ब्रस गर्ने  यस्ताे छ तरिका



काठमाडाैं : प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन् । यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ । 

एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ ।

कसरी ब्रस गर्ने ?

ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ । दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ ।

एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस् । दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस् ।

दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्