
सुर्खेत : जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको शनिबार आज बिहान ४ बजेर ३० मिनेटमा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कात्तिक २४ गते राति प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उनी आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास (सीपीआर) गर्दा पनि नसकिएपछि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।
प्रकाशित : कात्तिक २९, २०७७