ए मेरो हजुरको व्यापार आक्रामक, डेब्युमै हिट सुहाना



काठमाडाै : चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ ले आक्रामक व्यापार गरेको छ। फिल्मको व्यापारले नेपाली सिनेमा क्षेत्रमा निकै उत्साह थपेको सिनेकर्मीहरुले बताएका छन्। 

राजधानीका क्यूएफएक्सले फिल्म रिलिजको पहिलो दिन ११ सो दिएको थियो। त्यस्तै ३ गते फिल्मलाई १४ सो प्राप्स भएको थियो। जसका कारण फिल्मको व्यापार उकालो लागेको हो। 

‘कलाकारको क्रेज र ब्राण्डले फिल्म सफल’

नायक अनमोल केसीको क्रेज, ब्रान्ड, संगीत पक्ष पनि बलियो भएका कारण फिल्मले करोडको आँकडा बनाएको निर्देशक झरना थापाले बताएकी छन्। फिल्मको व्यापार सफल भएपछि थापापुत्री सुहाना पहिलो फिल्मबाटै चम्किएकी छन्। फिल्म हेरेपछि धेरैले उनको अभिनयको तारिफ गरेका छन्। 

‘ए मेरो हजुर ३’ मा सुनीलकुमार थापाको निर्माण छ भने अर्पण थापा, सलोन बस्नेत, रवीन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्