ग्रिन डेभलपमेन्ट बैंकको ९ औँ शाखा म्याग्दीको दरबाङमा



म्याग्दी : म्याग्दीको दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको शाखाको मंगलबार उद्घाटन गरिएको हो  ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको बैंकले दरबाङमा नवौँ  शाखा विस्तार गरेको हो । सञ्चालक समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले ग्रामीण भूगोललाई समेटिएको दरबाङमा बैँक स्थापना हुनु सिङ्गो गाउँपालिकाको लागि सकारात्मक पक्ष रहेको बताए । उनले बैँक स्थापनासँगै गाउँपालिका र छिमेकी गाउँपालिकाका ग्रामीण भेगका जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बागलुङ, म्याग्दी र कास्की कार्यक्षेत्र रहेको बैंकले शाखा मार्फत विभिन्न शीर्षकमा कर्जा लगानी, निक्षेप सङ्कलन लगायत वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्