
हामीलाई सानोमा हुँदा भनिएको हुन्थ्यो कि दूध खाए हड्ठी कमजोर हुँदैन। यो सुन्दा त्यसबेला साँचो हो भन्ने लाग्थ्यो। तर, दूध पिउँदैमा हड्डी बलियो हुन्छ भन्ने कुरा जति सत्य लाग्छ त्यति यो कुरा जटिल पनि छ।
दूध र हड्डीबीचको सम्बन्ध बुझ्न १९९७ हावर्ड विश्वविद्यालयले गरेको एउटा अनुसन्धान जान्नुपर्ने हुन्छ। जहाँ ७७००० हजार महिला नर्समाथि एउटा शोध गरिएको थियो। उनीहरुको १० वर्षसम्मको खानपानको अध्ययन गरिएको थियो।
त्यस अनुसन्धानमा ती महिलाहरुले हप्तामा एक पटकभन्दा कम दूध पिउने गरेको पत्ता लागेको थियो। तर, हप्तामा तीन दिन र त्यो भन्दा बढी दूध पिउनेको र हप्तामा एक पटक भन्दा कम दूध पिउनेबीच मानिसको हड्डीको बलियोपनालाई लिएर कुनै अन्तर देखिएको थिएन।
यो टिमले यस्तै अर्को अध्ययन तीन लाख ३० हजार पुरुषमाथि पनि गरेको थियो। यस अध्ययनमा पनि यस्तो खाले कुनै फरकपन नआएको अनुसन्धानबाट निकालिएको थियो। सन २०१५ मा न्युजिल्यान्डको एउटा समूहले दूधको असर बुझ्न भनी एक प्रयास गरको थियो।
जहाँ केही व्यक्तिको खानामा क्याल्सियम समावेश गरिएको थियो। यो समूहले १५ वटा पुराना अध्ययनलाई मध्यनजर गरी फेरि पनि अनुसन्धान गर्दा खानामा दूधको मात्राले हड्डीको विकासमा फरक नपार्ने पत्ता लागेको थियो।
यस टोलीले अन्य देशमा पनि यसखाले अनुसन्धान गरेको दाबी गरेको थियो। जहाँ दैनिक खानामा क्याल्सियमको मात्रा समावेश गरिएको हुन्थ्यो। तर, फरक फरक मात्रामा। तर, दूधको प्रयोगबाट भने हड्डी विकसित हुन्छ भन्ने कुनै तथ्य फेला नपरको जनाइएको छ।
दूध हाम्रो शरीरको लागि कत्तिको फाइदाजनक हुन्छ यसबारे २०१४ मा दुई नयाँ तथ्य सार्वजनिक गरिएको थियो। यसमा एउटा तथ्य के निस्केको थियो भने, जो मानिसले दैनिक तीन ग्लास दूध पिउँछ उसको शरीरलाई फाइदा होइन, उल्टै क्षति भने हुन सक्छ।