चितवनमा कोरोना संक्रमित पुरूषको मृत्यु



चितवन : चितवनमा कोरोना संक्रमित एक पुरूषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार कात्तिक १९ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मृगौलाका बिरामी समेत थिए ।

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्