बाटो काट्ने क्रममा बसको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु



राजविराज : विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ बर्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

 

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं को कंकालिनी एकेडेमी स्कूल बसको ठक्करबाट गम्भीर घाईते भएका बालक यादबको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्