
जनकपुरधाम : छोरीलाई हत्या गरेको आरोपमा बाराका तबारक मियाँलाई जेल चलान गरिएको छ। बारा जिल्ला अदालतले आफ्नै छोरीको हत्या गरेको आरोपमा जिल्लाको फेटा गाउँपालिका ६ का मियाँलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।
आरोपित मियाँले गएको फागुन १५ गते घरायसी विवादमा छोरी जुबैदा खातुनको घाँटी थिची हत्या गरेका थिए। घटना पश्चात फरार रहेका मियाँलाई बारा प्रहरीले पर्सा प्रहरीको सहयोगमा गएको चैत २८ गते पक्राउ गरी जिल्ला अदालतमा बुझाएको थियो।