काठमाडौं : एएफसी यु–१९ महिला च्याम्पियनसिप अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली टोली बुधबार चीन प्रस्थान गरेको छ। २३ सदस्यीय खेलाडी र अफिसियलाई अखिल नेपाल फुटबल संंघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जितको शुभकामनासहित बिदाई गरे।
नेपाली टोली आजै चीन प्रस्थान गरेको छ। चीनमा एक साता रहँदा टिमले चिन्डु स्टेटको उमेर समूहको टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तालिका छ। अभ्यास र मैत्रीपुर्ण खेल लगत्तै नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ।
दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुँदैछ। छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछन्। नेपाल रहेको छनोटको समूह ‘ए’ मा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छन्।
नेपालले २६ अप्रिलमा अष्ट्रेलियासँग खेल्दै छनोटको सुरुवात गर्नेछ। अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्ने तालिका छ। थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो।
थाइल्याण्डसँग ४–० ले पराजित भएपनि नेपालले भारतलाई २–० तथा पाकिस्तानलाई ९–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी छनोटको दोस्रो चरणका लागि सरु लिम्बुको कप्तानीमा २३ सदस्यीय नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको घोषणा गरेको थियो।
नेपाली टोली
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ
डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर
मिडफिल्डर : सरु लिम्बु –कप्तान) मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय
मुख्य प्रशिक्षक : हरिओम श्रेष्ठ
प्रशिक्षक : प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षक : अस्मिता खवास
टिम म्यानेजर : जमुना गुरुङ
फिजियो : नवीना श्रेष्ठ