गोरखा अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु



गोरखा : जिल्लामा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको हो ।

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

उपचारकै क्रममा आज निधन भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्