विश्वकप क्रिकेटका लागि इङ्ल्याण्डको टोली घोषणा, यस्तो छ टिम



काठमाडौं : आयोजक इङ्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेट खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ। इङ्ल्याण्ड क्रिकेटले बुधबार इयान मोर्गनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

घोषित टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुर्रानले स्थान बनाउन सकेनन्।

टोलीमा कप्तान मोर्गनसँगै मोइन अली, जोनी बैरस्टो, जोस बटलर, टम कुर्रान, जोय डेनली, एलेक्स हलेस, लियाम प्लूनकेट, आदील राशिद, जोय रुट्स, जेसन रोय, बेन स्टोक्स, डेभिड विली, क्रिस वाकोस र मार्क वुड रहेका छन्।

आईसीसी एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको इङ्ल्याण्डलाई यस पटक उपाधिको दाबेदार टोलीका रुपमा हेरिएको छ।  विश्वकप मे ३० देखि जुलाई १४ सम्म इङ्ल्याण्ड र वेल्समा आयोजना हुँदैछ। इङ्ल्याण्डले मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।

प्रतिक्रिया दिनुहोस्