
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले १४ नं. वडा कार्यालय भवनको शिल्यान्यस गरेका छन्। बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्ग्मिटर (करिब ८ आना) जग्गामा भवन निर्माण गर्न सुरु गरिएको छ। पी. आर. बाबुरत्न जे. भि. ले ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गरेर छनौटमा परेको छ।
आउँदो १ बर्ष्भित्र निर्माण सम्पन्न गरिसक्ने गरी बुधबारबाटै निर्माण कार्य थालिएको उनले बताए । भवन शिलान्यास गर्दै उनले आउँदो आर्थिक वर्षमा हरेक नागरिकका विकास चाहनालाई योजनामा राख्ने बताए। अहिले वडा कार्यालय भाडाको भवनमा बसेको छ।
जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नु पर्ने अवस्था छ। अब निर्माण हुने भवन सुविधा सम्पन्न,अपाङ्गमैत्री हुनेछ। यसको लागत अनुमान ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा अनुमान गरिएको छ।