चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्य, ५ जना घाइते



उदयपुर : उदयपुरमा मंगलबार राति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। हावाहुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको हो।

चट्याङले उनकै श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हावाले दर्जनौं घर टहराका छानो उडाउनुका साथै लाखौंको कृषि व्यवसायमा क्षति पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्