चिनियाँ राजदूत यान्छी सक्रिय, प्रधानमन्त्री ओलीसँग डेढ घण्टा सम्वाद



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी छन् ।

मंगलबार राति करिब डेढ घण्टा राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वाद गरेकी छन् । राति ९ बजेबाट शुरु भएको सम्वाद साढे १० बजेसम्म चलेको थियो । तर, राजदूत यान्छी र प्रधानमन्त्री ओलीबीच भएको सम्वाद तथा त्यसको एजेण्डाबारे दुवैतर्फबाट केही खुलाइएको छैन ।

तर, ओलीको विपक्षमा नेकपा केन्द्रीय सचिवालयमा बहुमत बनेपछिको यो भेटघाट राजनीतिक परिस्थितिबारे र सरकारको स्थायीत्वमाथि नै केन्द्रीत रहेको बुझिएको छ ।

त्यसोत गत वैशाख र असारमा पनि नेकपा विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन् ।

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्