प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन



काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियालाई अनुमोदोन गरेको छ। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदोनत गरेको जानकारी समितिका सभापति लक्ष्मणलाल कर्णले दिए । 

समितिको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाए । संघीय संसद्, प्रदेश र स्थानीय तहका रिक्त पदमा अझै उपचुनाव हुन सकेको छैन । थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना पनि समितिमा पेश गरे । 

समितिमा थपलियाविरुद्ध ६ वटा उजुरी परेका थिए । सुनुवाइका क्रममा थपलियाका अनुभव र कार्ययोजनामा छलफल भएको थियो। समितिले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्