खासोग्गीकी प्रेमिकाद्वारा ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार



हत्या गरिएका पत्रकार जमाल खासोग्गीकी प्रेमिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार गरेकी छिन् । ट्रम्पले खासोग्गीको हत्या अनुसन्धानमा इमान्दारिता नदेखाएको भन्दै ट्रम्पको निम्तो अस्विकार गरेको जानकारी दिएकी छिन् ।

 

हेटिस सेन्गिजले टर्कीको एक टेलिभिजनलाई उक्त अनुसन्धान अमेरिकी सर्वसाधारणको विचारलाई प्रभावित तुल्याउनका लागि मात्र लक्षित भएको बताएकी छिन् ।

 

खासोग्गीको तीन हप्ता अघि साउदी दूतावासभित्र हत्या गरियो । साउदी अरबले उनको हत्यामा सत्तामा रहेको राजपरिवारको संलग्न नभएको दाबी गर्दै आएको छ ।

 

साउदी अरेबियाले सुरुमा खासोग्गीको हत्या अस्विकार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्