साउदी अरबमा दुई भारतीयको टाउको काटेर मृत्युदण्ड



एजेन्सी : साउदी अरबमा दुई भारतीय नागरिकको टाउको काटेर मृत्युदण्ड दिइएको छ । पञ्जाव राज्यका दुवैजना श्रम स्वीकृति लिएरै साउदी अरबमा काम गर्दै आएका थिए । 

यस घटनाको पुष्टि गर्दै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत् होसियारपुरका सतविन्दर र लुधियानाका हरजीत सिंहलाई २८ फेब्रुअरीमा टाउको काटेर मृत्युदण्ड दिइएको हो । 

सतविन्दरकी पत्नीले बीबीसीसँग कुरा गर्दै मृत्युदण्ड दिइएपछि शवबारे केही बुझ्न नसकेको बताइन् । 'हामीलाई थाहा छैन, शवलाई के गरियो', उनले भनिन्, 'सरकारका कसैले हाम्रो कुरा पनि सुन्दैनन् ।'

सीमाका अनुसार अन्तिम पटक २१ फेब्रुअरीमा पतिसँग कुरा भएको थियो । तर उनले आफ्ना पतिलाई दिइएको सजायबारे आफूले चालै नपाएको पनि बताएकी छन् । 

१३ वर्षकी छोरी सीमा भन्छिन्, 'अहिलेसम्म सरकारको तर्फबाट हामीलाई कुनै सूचना दिइएको छैन । गाउँकै साथीहरुले बताएपछि हामीले ईमेल मगाएर थाहा पायौँ । अब त केबल भगवनको मात्रै सहारा बँचेको छ ।'

सीमा रानीका अनुसार दुई वर्षसम्म पतिसँग फोन र चिठ्ठीमा कुरा भएको थियो । तर अचानक कुराकानी बन्द भयो । कुराकानी बन्द भएको केही महिनापछि घटनाबारे गाउँका कसैले बताउँदा उनी छाँगाबाट खसेझैँ भइन् । 

सीमाका वकील विजयका अनुसार २८ फेब्रुअरीमा साउदीको जेलबाट फोनबाट पतिलाई मृत्युदण्ड दिइएको जानकारी आएको थियो । त्यसपछि परिवारजनले भारतीय विदेशमन्त्रालयमा सम्पर्क गर्दा थाहा नभएको उत्तर आएको थियो । 

त्यसपछि पीडित परिवारले सर्वोच्च अदालतमा रिट दायर गरे । अदालतको आदेशपछि विदेश मन्त्रालयले उनीहरुबारे खोजी गर्ने बचन दिएको थियो । सन् २०१३ मा होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजीत सिंह श्रम स्वृकति लिएर साउदी अरब गएका थिए । 

प्रतिक्रिया दिनुहोस्