धान थ्रेसर गर्ने क्रममा आगलागी,१५ लाख बराबरको क्षति



विराटनगर : मोरङको उर्लाबारीमा धान थ्रेसर गर्ने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो उर्लाबारी नगरपालिका वडा-३ चन्दने चोक बस्ने हरि गडतौलाको ट्रयाक्टर र थ्रेसरमा आगलागी भएको हो ।

थ्रेसर गर्ने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेको छ । ८ कट्ठामा लगाएको धान थ्रेसर गर्ने क्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : ३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्