मुख्यमन्त्री बसेको महोत्सवको स्टेज भाँच्चियो, तीनजना घाइते



डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित बसेको स्टेज भाँच्चिएको छ । यहाँको अजयमेरु गाँउपालिकामा आयोजित 'अजयमेरु महोत्सव'को उद्घाटन समारोहको स्जेट भाँच्चिदा तीनजना घाइते भएका छन् । 

मुख्यमन्त्री भट्टसहित दर्जनौँ अतिथि बसेको स्टेज भाँच्चिएर भुइँमा थुप्रिएको हो । स्टेज भाँच्चिदा घाइते भएकाहरुमा अजयमेरु गाँउपालिका-३ की देवकी पन्त, उर्मिला पन्त र गीता पन्त छन् । घाइते तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ । 

महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री तयार रहेकै बेला स्टेज भाँच्चिएपछि भागाभाग भएको थियो । स्टेजसँगै खसे पनि मुख्यमन्त्री भट्ट सुरक्षित छन् । स्टेजसँगै खसेकालाई प्रहरीले निकालेको थियो । स्टेज भाँच्चिए पनि मुख्यमन्त्री भट्टले महोत्सव उद्घाटन गरे । 

 

प्रतिक्रिया दिनुहोस्