महिला क्रिकेटमा प्रदेश १ र २ को विजयी सुरुवात



दाङ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा प्रदेश १ र प्रदेश २ ले विजयी सुरुवात गरेको छन्। दाङको लमहीमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले प्रदेश ५ लाई ७ विकेटले पराजित गरेको छ।

प्रदेश ५ ले जितका लागि दिएको ७१ रनको सामान्य लक्ष्य प्रदेश १ ले १४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश ५ ले १५.२ ओभरमा अलआउट हुँदै ७० रन जोडेको थियो। 

यसैगरी बुधबार सम्पन्न दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई ६२ रनले पराजित गरेको छ। २ नम्बर प्रदेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ७३  रनमात्र बनाउन सक्यो।

यसअघि पहिला ब्याटिङ गर्दै प्रदेश २ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो।  प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेश र एक विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ गरि ७ टिमले भाग लिएका छन्।

प्रतिक्रिया दिनुहोस्