‘दुई माता’ जता, नेकपामा बहुमत उता : काँग्रेस नेता खतिवडा



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दुई माता जता लाग्यो उतै बहुमत हुने बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दो विवाद चलिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढाएका बेला काँग्रेस नेता रामहरि खतिवडाले उक्त टिप्पणी गरेका हुन् ।

खतिवडाले नेकपाको सर्वोच्च नेता चीनको राजदूत र दोस्रो नेता राष्ट्रपति हुन कि जस्तो आभाष भएको धारणा राखेका छन् ।

‘नेकपा भन्ने पार्टीको सर्वोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति,’ खतिवडाले ट्वीट गर्दै भनेका छन्–‘अरु नेता कार्यकर्ता यीनैका आदेशमा चल्ने हुन जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ ।’

उनले भारतीय ‘र’ प्रमुखले राती भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्रीलाई भेट्न रातिनै जानुपर्ने ? भन्दै प्रश्न उठाएका छन् ।

‘नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको समाचार छ,’ उनले ट्वीटमा लेखेका छन्– ‘दुर्गा माता र लक्ष्मी माता ती ‘दुई माता’ जता लाग्यो उतै बहुमत हुने ।’

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्