बालिका बेपत्ता : परिवार भन्छ अपहरण, पुलिस भन्छ बिहे गरिन्



जनकपुरधाम : धनुषामा १२ वर्षीया बालिका अपहरणमा परेकी छिन्। जिल्लाको धनुषाधाम नगरपालिका ७ किसानपुरकी बालिका बबीकुमारी महतो अपहरणमा परेको पीडित परिवारले जनाएको छ।

मंगलबार साँझ घरबाट निस्केकी बालिका घर नफर्किएका कारण अपहरणमा परेको हुन सक्ने बालिकाकी दिदी रबीकुमारीले संचारकर्मीलाई जानकारी दिइन्।  

गाउँमै पसल संचालन गर्दै आएका स्थानीय रजाक अन्सारी र उनका भाई मुस्ताक अन्सारीले रकम लेनदेनको विवादमा बहिनीको अपहरण गरेको हुन सक्ने दिदीले आशंका व्यक्त गरिन्।

कक्षा ५ मा अध्ययनरत बबीका बुवा श्याम महतो वैदेशिक रोजगारीमा रहेका छन्। घटनाबारे दिदी रबीले जिल्ला प्रहरी कार्यालय धनुषामा बहिनीको अपहरण भएको भनी जाहेरी दिएकी छिन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले भने बालिकाको अपहरण नभइ एक मुस्लिम केटोसँग भागेकाे जानकारी आफूहरूले पाएको बताएको छ। बेपत्ता भनिएकी बालिका अहिले सिरहामा रहेको र केटाको बुवालाई धनुषाधाम प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्