कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकको मृत्यु



दाङ : कालिज मार्न भरूवा बन्दुक पड्काउँदा दाङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका-२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका हुन् । प्रहरीका अनुसार सोही ठाउँ बस्ने ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्नका लागि मंगलबार राति भरूवा बन्दुक पड्काएका थिए ।

तर भोजबहादुरलाई लाग्न पुग्दा उनको घट्ना स्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित टोपबहादुरलाई पक्राउ गरेको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्