ट्रयाक्टरबाट खसेर मजदुरको मृत्यु



सर्लाही : आफैंले काम गर्ने ट्रयाक्टरबाट खसेर सर्लाहीमा एक मजदुरको मृत्यु भएको छ। जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–९ मा बुधबार दिउँसो ट्रयाक्टरबाट खस्दा स्थानीय रामबाबु रायका १८ वर्षीय छोरा सिकिन्द्र रायको मृत्यु भएको हो।

ज१त ८६४८ नम्बरको ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि जनकपुरतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। मृतक युवक सोही ट्रयाक्टरमा काम गर्ने कामदार हुन्। दुर्घटनापछि ट्रयाक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन्। 

प्रतिक्रिया दिनुहोस्