
एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । धेरै जसो अन्तवार्तामा आलियाले रणवीरसँग क्रस भएको बताउँदै आएकी थिइन् ।
फिल्म कलंकको टिम सहभागी एक अन्तवार्तामा आलियाले वरुण धवनलाई रणवीरको नाम लिएर बोलाएको भिडियो अहिले भाइरल भइरहेको छ । व्यस्त समयमा पनि आलियाले रणवीरलाई मिस गरिरहन्छिन् भन्ने कुरा अन्तर्वार्ता भिडियोले बताएको छ ।
वरुणले आलियालाई कपाल चलाएर दुख दिइरहेका थिए सोही समयमा वरुण भन्ने ठाउँमा उनले रणवीर भनेकी थिइन् । वरुणलाई आलियाले रणवीर भनेपछि फिल्मको प्रमोसनमा गएको टिममा हाँसोको माहौल बनेको थियो ।
बलिउडमा आलिया भट्ट र रणवीर कपुरले छिटै बिहे गर्ने चर्चा छ ।