कपिलवस्तुमा कोरोनाले वकिलको मृत्यु



कपिलवस्तु : कोरोना भाइरस संक्रमणले नेपाल बार एशोसिएसन जिल्ला इकाईका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-३, अदालत टोलका उनको बुधबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

उनलाई साता दिनदेखि रुघाखोकी र ज्वरो आएको थियो । मंगलबार बिहान सास फेर्न गाह्रो भएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी अहिले पनि वकालत पेसामा क्रियाशील थिए । जिल्लामा कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : ३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्