रहस्यमय बन्दै बलात्कारपछिकाे हत्या काण्ड



महोत्तरी :  सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको तीन साता बितिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका भनिएका पाँचै जनालाई जिल्ला अदालतले सफाइ दिएपछि याे झनै रहस्यमय बनेकाे छ ।

 

सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस्