
हेटाैंडा : गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रमसिंह चन्द (विप्लव) नेतृत्वको नेकपालाई पेल्ने र फकाउने दुबै रणनीतिमा सरकार लागेको बताएका छन्।
प्रदेश ३ स्तरिय सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा अधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हामी उनीहरुलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौँ, मान्दैनन् भने अस्तित्व धरापमा पर्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा हेटौँडाबाट कृष्ण सारु मगरले लेखेका छन्। गृहमन्त्री थापाले असंवैधानिक, गैह्रकानुनी ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए।
‘कानुनवमोजिम नै विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको हो,’ उनले भने, ‘बार्ताको ढोका खुला छ, तर हामी हिंसात्मक गतिविधि गर्न दिँदैनौँ।’