बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहनको उत्पादनमा कमी



बैतडी : बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गएको वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गएको वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको १२ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।

यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गएको वर्ष १७ हजार १९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ ।

दलहन उत्पादनमा कमी

बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ । खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए ।

यस्तै यो वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएका छन् । गएको वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताए । उनले भने, “दलहन खेती गर्नका लागि चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।” (रासस)

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा

नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ

महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर

काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज

काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान

काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन

काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल

काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई

महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको