झापामा कोरोना संक्रमित वृद्धाको मृत्यु



झापा : जिल्लाको दमक नगरपालिकामा ७० वर्षीय कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

दमक–९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा कोरोना संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो ।

खर्चको अभाव र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड–१९ हस्पिटलमा ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्