बुटवलमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु



बुटवल : बुटवलमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलस्थित विशेष अस्थायी अस्पतालमा गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्