सुनको मूल्यमा गिरावट



काठमाडौं : नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीवार छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाल सुन प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्