४१ लाख बोकेर कांग्रेस उपसभापति निधि बारामा, सरकारले पीडितको व्यवस्थापनमा ढिलाई गरेकाे भन्दै आपत्ति



 काठमाडाै‌ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  बाराका हावाहुरी प्रभावितहरुको घर पुनर्निर्माणका लागि ४१ लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसको २ नम्बर प्रदेश कमिटीले बाराकाे जितपुरसिमरामा गरेको कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले सहयोग हस्तान्तरण गरे । निधिले सभापति शेरबहादुर देउवाले घोषणा गरेको २५ लाख र ८ जिल्लाको एक एक लाख रुपैयाँ सहयोग ल्याएका छन् ।

यस्तै महेन्द्र नारायण स्मृति प्रतिष्ठानबाट २ लाख, जनसम्पर्क समिति डेनमार्कबाट २ लाख १० हजार, सांसद दिव्यराज भण्डारीबाट २ लाख मकाउ जनसम्पर्क समितिबाट ६० हजार लगायत गरी जम्मा ४१ लाख रुपैयाँ बारा कांग्रेसको जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ ।

संकलित रकम राहत भन्दा पुर्नबासको ब्यवस्थापनमा खर्चिन बाराका जिल्ला सभापतिलाई आग्रह गरे । उपसभापति निधिले प्रदेश र केन्द्र सरकारको तालमेल नमिल्दा पीडितको ब्यवस्थापनमा ढिलाई भएको भन्दै आपत्ति जनाए । उनले पीडितलाई अन्योलमा नपार्न दुबै सरकारलाई आग्रह गरे । बारा कांग्रेस सभाापति जयचन्द्र चौरसियाले यो रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्