फेरि हार्‍याे नेयमारकाे पीएसजी



एजेन्सी : फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार भएको खेलमा नान्टेससँग हार बेहोरेको छ। लिगमा लगातार दोस्रो खेलमा हात बेहोरेको पीएसजीलाई नान्टेसलाई ३ २ ले पराजित गर्यो ।

पीएसजीले खेलको १९ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा ल्याए । घरेलु टोलीका लागि माजिद वारिसले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा गोल गर्दै नान्टेसलाई अग्रता दिलाए ।

पीएसजीले आफ्ना मुख्य खेलाडीलाई यस खेलका लागि विश्राम दिएको थियो । किलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडी टोलीमा सम्मिलित थिएनन्। दोस्रो हाफको ५२ औं मिनेटमा ड्यानी आल्भेसले गोल गरेपछि पीएसजी दुई गोलले पछाडी पर्यो। खेल सकिन १ मिनेट बाँकी रहँदा पीएसजीका लागि मेतेहान गुक्लुले गोल गरे पनि जित दर्ता गर्न भने असफल रहयो।

यस हारसँगै पीएसजीले अर्को खेलसम्म उपाधि छिनोफानोको लागि कुर्नुपर्ने भएको छ । दोस्रो स्थानको लिलले अंक गुमाएको अवस्थामा पनि पीएसजी च्याम्पियन बन्नेछ । पीएसजीको ३२ खेलमा ८१ अंक छ । दोस्रो स्थानको लिलले ३२ खेलमा ६४ अंक जोडेको छ । पीएसजीले लिगको पछिल्लो खेलमा लिलसँग ५-१ को फराकिलो अन्तरको हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्