थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।

मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।

यस्तै काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्