
काठमाडौँ : देशका पहाडी भू–भागको मौसम बिहीबार सामान्य बदली हुने र अन्य भेगको भने सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमको पहाडी क्षेत्रका केही ठाउँमा र मध्य तथा पूर्वी पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
तराईका क्षेत्रमा बेलुकातिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन पनि महाशाखाले आग्रह गरेको छ।